Monday, May 4, 2026
Homeराजनीतिमन्त्रिपरिषद् बैठक बस्दै, २५ मन्त्रालयलाई घटाएर १७ मा झार्ने तयारी, यी हुन्...

मन्त्रिपरिषद् बैठक बस्दै, २५ मन्त्रालयलाई घटाएर १७ मा झार्ने तयारी, यी हुन् सम्भावित १७ नाम

काठमाडौंः सरकारले हालका २५ मन्त्रालयलाई घटाएर १७ वटामा झार्ने तयारी गरेको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संघीय सरकारको कार्यबोझ र प्रशासनिक खर्च घटाउन ठुलो प्रशासनिक हेरफेरको तयारी थालेका छन् ।

अहिले सिंहदरबारमा बसिरहेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालय घटाउने प्रस्ताव पनि रहेको बताइएको छ । स्रोतका अनुसार सरकारले ८ वटा मन्त्रालयलाई अन्य मन्त्रालयमा गाभ्ने तयारी गरेको छ ।

युवा तथा खेलकुद, शहरी विकास, खानेपानी तथा सरसफाइ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अब ‘सामाजिक सुरक्षा तथा महिला बालबालिका र लैङ्गिक तथा यौनिक अल्पसंख्यक मामिला मन्त्रालय’ अन्तर्गत राखिने बताइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र खानेपानी मन्त्रालयलाई एकीकृत गरी ‘एकीकृत पूर्वाधार मन्त्रालय’ बनाइने भएको छ । स्वास्थ्य मन्त्रालयमा खाद्य सुरक्षा पनि थपिने शिक्षा मन्त्रालयमा खेलकुदलाई गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय बनाइने जनाइएको छ ।

यस्ता छन् सम्भावित १७ मन्त्रालयहरू
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. अर्थ मन्त्रालय
३. गृह मन्त्रालय
४. परराष्ट्र मन्त्रालय
५. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
६. स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय
७. शिक्षा तथा खेलकुद मन्त्रालय
८. कृषि, भूमि, सहकारी तथा ग्रामीण विकास मन्त्रालय
९. सामाजिक सुरक्षा तथा महिला बालबालिका र लैङ्गिक तथा यौनिक अल्पसंख्यक मामिला मन्त्रालय
१०. उद्योग, वाणिज्य तथा नवप्रवर्तन मन्त्रालय
११. युवा तथा रोजगार मन्त्रालय
१२. ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय
१३. एकीकृत पूर्वाधार मन्त्रालय
१४. वन, पर्यावरण तथा जलवायु मन्त्रालय
१५. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१६. सञ्चार मन्त्रालय
१७. रक्षा मन्त्रालय

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments