Tuesday, May 5, 2026
Homeसमाचारआज पनि पहाडी क्षेत्रमा बदली तथा केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आज पनि पहाडी क्षेत्रमा बदली तथा केही स्थानमा वर्षा र हिमपातको सम्भावना

विराटचोकः आज देशका पहाडी र हिमाली क्षेत्रहरूमा सामान्यदेखि बाक्लो बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहने मौसमविद्ले जनाएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । उच्च हिमाली क्षेत्रमा भने हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बदली हुने तथा अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।

यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ भने बाँकी क्षेत्रमा छिटफुट वर्षा वा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments