Thursday, April 30, 2026
Homeकृषिलेटाङमा चरनमा छोडिएका ३० मध्ये १० वटा मृत भेटिए, २० वटा बिरामी...

लेटाङमा चरनमा छोडिएका ३० मध्ये १० वटा मृत भेटिए, २० वटा बिरामी अवस्थामा

लेटाङः मोरङको लेटाङमा बैशाख १४ गते चरनका लागि छोडिएका ३० वटा बाख्रा बेलुका खोरमा नफर्किएपछि खोजी गर्ने क्रममा १० वटा मृत अवस्थामा र २० वटा बिरामी अवस्थामा फेला परेका छन् ।

लेटाङ नगरपालिका–५ खेरुवास्थित आर्मी क्याम्पनजिकैबाट मोरङे खोला डिल क्षेत्रमा चरनमा पठाइएका बाख्रा आज बिहान फेला परेका हुुन् ।

स्थानीयवासी, प्रहरी तथा बाख्राधनीले विभिन्न क्षेत्रमा खोजी गर्ने क्रममा बाख्रा फेला परेका थिए । बिरामी अवस्थामा भेटिएका बाख्राहरूको उपचारको तयारी भइरहेको र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments