Thursday, April 30, 2026
Homeअर्थशेयरयोग्य संस्थागत लगानीकर्तालाई दर्ता तथा नवीकरण गर्न नेप्सेको आह्वान

योग्य संस्थागत लगानीकर्तालाई दर्ता तथा नवीकरण गर्न नेप्सेको आह्वान

विराटचोकः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरू (क्युआईआई)लाई दर्ता तथा वार्षिक नवीकरणका लागि आह्वान गरेको छ ।

नेप्सेले सूचना जारी गर्दै बुक बिल्डिङ विधिमार्फत् निष्काशन हुने धितोपत्रमा सहभागी हुनका लागि क्युआईआइले यथाशीघ्र दर्ता तथा नवीकरण गर्नुपर्ने जनाएको हो । योग्य संस्थागत लगानीकर्तालाई नयाँ दर्ताका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ भने वार्षिक नवीकरणका लागि पाँच हजार रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताहरूले दर्ता तथा नवीकरण शुल्क ग्लोबल आइएमई बैंक लिमिटेड, कमलादी शाखामा रहेको नेप्से अपरेटिङ एकाउन्टमा जम्मा गर्नुपर्ने जनाइएको छ । नेप्सेको खाता नम्बर ०७५०१०१००००७७५ मा रकम जम्मा गरी सोको बैंक भौचर नेप्सेको इमेलमा पठाउनुपर्ने सूचनामा उल्लेख छ ।

बुक बिल्डिङ विधिमा सहभागी हुनका लागि योग्य संस्थागत लगानीकर्ताको रूपमा नेप्सेमा दर्ता हुनु पर्छ । दर्ता तथा नवीकरण नगर्ने संस्थाहरू बुक बिल्डिङ विधिबाट हुने धितोपत्रको बोलकबोल प्रक्रियामा सहभागी हुन पाउँदैनन् ।

नेप्सेमा ७ वटा कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निस्कासनको लागि निवेदन दिएका छन् । नेप्सेले ती कम्पनीलाई बुक बिल्डिङ विधिबाट आईपीओ निस्कासन प्रक्रियामा सहभागी गराउने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments