विराटचोकः साताको अन्तिम शेयर कारोबार दिन आज बजार खुलेदेखि नै बजार हरियो हुन सकेको छैन । २ घण्टाको अवधिमा बजार १९ अङ्क घटेर २७२६ हाराहारीमा नेप्से सूचक रहेर शेयर किनबेच भइरहेको छ । घटेको बजारमा ऋणपत्र (डिबेञ्चर) हरूको मूल्य बढेको छ ।
घटेको बजारमा ऋणपत्रहरु आरबीबी फोकस ४०, सुपर खुदी हाइड्रोपावर, हिमालयन बैंक लिमिटेड बोण्ड २०८६, ९ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड डिबेञ्चर २०८७ र ८.५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट बैंक डिबेञ्चरको शेयरमूल्य उच्च बढेको छ ।
कर्पाेरेट डेभलपमेण्ट बैंक, झापा इनर्जीलगायतको शेयरमूल्यमा धेरै गिरावट आएको छ ।
२ घण्टाको अवधिमा २ अर्ब ३६ करोड २३ लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ । रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक १४ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएको छ । आँखुखोला जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर, शिवम् सिमेण्ट र एनआरएन इन्फास्ट्रक्चर डेभलपमेण्ट उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
बजार ३४ अंक घटेर २७०९ सम्म झरेकोमा अहिले १६ अंक सुधार भई १८ अंक हाराहारी घटेर २७२५ हाराहारीमा कारोबार भइरहेको छ ।




