Thursday, April 30, 2026
Homeशिक्षा र स्वास्थ्यसुकुना बहुमुखी क्याम्पसमा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय जना लाभान्वित

सुकुना बहुमुखी क्याम्पसमा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय जना लाभान्वित

विराटचोकः सुकुना बहुमुखी क्याम्पसको आयोजना तथा सान्वी सिटी हस्पिटल इटहरीको प्राविधिक सहयोगमा बुधबार भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय जना लाभाग्राहीले सेवा लिएका छन् ।

सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको शिविरमा सर्वसाधारण, स्थानीयवासी, विद्यार्थी, कर्मचारी तथा प्राध्यापकहरूले स्वास्थ्य सेवा लिएका थिए ।

स्वास्थ्य शिविरमा रक्त परीक्षण, इसिजी तथा विभिन्न स्वास्थ्य जाँच सेवा प्रदान गरिएको थियो ।

शिविराम स्त्रीरोग विशेषज्ञ डा. रामविश्वेश्वर शाह, फिजिसियन डा. दीपक चौधरी र जितेश यादवले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments