विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ३ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ९४ हजार ५०० रुपैयाँ रहेको छ ।
चाँदीको भाउ प्रति तोला ४ हजार ९१५ रुपैयाँ निर्धारण भएको छ ।




