Friday, March 27, 2026
Homeराजनीतिकालो पहिरनमा सजिएका प्रधानमन्त्री बालेनले हिन्दू बटुकको स्वस्तिवाचन र बौद्ध लामाको अष्टमङ्गल...

कालो पहिरनमा सजिएका प्रधानमन्त्री बालेनले हिन्दू बटुकको स्वस्तिवाचन र बौद्ध लामाको अष्टमङ्गल ध्वनिसँगै लिए शपथ

काठमाडौंः देशको ४३ औँ प्रधानमन्त्री बनेका बालेन्द्र शाह (बालेन) ले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।

प्रायः कालो पहिरनमा सजिने बालेनले शपथ ग्रहण समारोहमा कोटमात्रै होइन, दौरा सुरुवाल पनि कालै लगाएका थिए । नेपाली भाषामा शपथ ग्रहण गरेका उनको शपथअघि सातवटा शङ्खबाट शङ्खनाद गरिएको थियो । १०८ जना वटुकबाट स्वस्तिशान्ति वाचन र १०८ जना बौद्ध भिक्षुबाट अष्टमङ्गल ध्वनि वाचन गरिएको थियो ।

हिन्द र बौद्ध धर्मको धार्मिक विधिअनुसार साइत निकालेर १२ बजेर ३४ मिनेटमा शपथ प्रधानमन्त्री शाहले शपथग्रहण लगत्तै निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीसँग अङ्कमाल गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments