काठमाडौंः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । आज दिउँसो फेसबुकमार्फत् भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई बधाई दिएका हुन् ।
नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई भन्दै मोदीले नेपाली जनताले शाहको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब भएको बताएका छन् । बालेनसँग मिलेर नेपाल–भारत सम्बन्ध अझै उचाइमा पुर्याउन आफू उत्सुक रहेको उनले लेखेका छन् ।





