Friday, March 27, 2026
Homeराजनीतिनवनियुक्त मन्त्रीहरूले पनि लिए शपथ

नवनियुक्त मन्त्रीहरूले पनि लिए शपथ

काठमाडौंः प्रधानमन्त्रीको शपथग्रहणपछि आजै नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभएको हो ।

आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिनुभएको थियो । शपथ ग्रहण कार्यक्रममा बटुकले स्वस्तिवाचन र लामाले मङ्गलवाचन गरेका थिए ।

यस्तो छ नयाँ मन्त्रिमण्डल

प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय सम्हालेका छन् ।

मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् ।

विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मा पाएका छन् ।

खड्कराज पौडेल (गनेश) ले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् ।

सस्मित पोखरेललाई शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छिन् ।

विक्रम तिमल्सिना सञ्चारमन्त्री बनेका छन् ।

सीता वादी महिला, बालबालिका मन्त्री बनेकी छिन् ।

सामान्य प्रशासन मन्त्रालयको नेतृत्व प्रतिभा रावलले गर्नुहुने भएको छ ।

दीपक साह (महोत्तरी)ले श्रम मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ ।

सोविता गौतमले कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments