काठमाडौंः रास्वपा संसदीय दलका नेता बालेन्द्र शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पदको शपथ ग्रहण गराउनुभएको छ ।
बालेन्द्र शाहले प्रधानमन्त्री पदसँगै रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नुहुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराउनुभएको हो ।
यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रूपमा बालेनलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेसी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलो पटक हो ।





