Friday, March 13, 2026
Homeअर्थसवारीनाडाका नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले गरे पदभार ग्रहण

नाडाका नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले गरे पदभार ग्रहण

काठमाडौंः बिहीबार नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पदभार ग्रहण गरेका छन् ।

केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई पदभार हस्तान्तरण गरेका हुन् । चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नाडाको संस्थागत विकास तथा अटोमोबाइल क्षेत्रको उन्नयनमा उनको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष उप्रेतीले आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान तथा मूल्य मान्यताहरू अनुरूप संस्थालाई अझ सशक्त, सक्रिय तथा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने धारणा राखे ।

अध्यक्ष उप्रेतीले नाडाको विधान बमोजिम महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरीलाई नाडाको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् ।

केन्द्रीय कार्यसमिति बैठकले चाँडै अन्य पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय समेत गरेको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments