Friday, March 13, 2026
Homeसमाचारधनकुटाको साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको उपचारका क्रममा निधन

धनकुटाको साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको उपचारका क्रममा निधन

भेडेटारः धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको उपचारको क्रममा हिजो निधन भएको छ ।

५५ वर्षीय लिम्बू आन्द्राको क्यान्सरबाट पीडित थिए । २०७९ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

पालिका अध्यक्ष जितेन्द्र राईका अनुसार ५५ वर्षीय लिम्बू लामो समयदेखि क्यान्सर रोगको उपचारमा थिए । केही महिनादेखि उनी भारतमा उपचाररत रहेका थिए । उपचारकै क्रममा उनको भारतको दिल्लीमा निधन भएको हो ।

वडाध्यक्ष लिम्बूको निधनको शोकमा गाउँपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments