विराटचोकः ग्यासको आपूर्तिमा समस्या देखिन थालेपछि नेपाल आयल निगमले बजारमा आधा भरिएको सिलिन्डर मात्रै पठाउने निर्णय गरेको छ । अर्को सूचना जारी नभएसम्मका लागि प्रतिसिलिन्डर ७.१ केजी एलपी ग्यास मात्रै आज शुक्रबारदेखि बिक्री गरिने भएको हो ।
आधा सिलिन्डर ग्यासको मूल्य ९५५ रुपैयाँ तोकिएको छ, जुन साविक मूल्यको आधा हो । भरी सलिन्डर बिक्री हुँदा सीमित संख्याका उपभोक्ताले मात्रै ग्यास पाउँथे भने अब आधा भरिएको सिलिन्डर बिक्री गर्दा दोब्बर उपभोक्तालाई पुग्ने भएकाले ग्यासको कृत्रिम अभाव कम हुने आयोगले जनाएको छ ।




