Friday, March 13, 2026
HomeUncategorizedनिर्वाचनको परिणाम सोचेजस्तो नआए पनि जनमत स्वीकार्य छः एमाले अध्यक्ष ओली

निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि जनमत स्वीकार्य छः एमाले अध्यक्ष ओली

विराटचोकः बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम आफ्नो अपेक्षाअनुसार नआए पनि जनमतलाई स्वीकार गरेको बताउनुभएको छ ।

एमाले अध्यक्ष ओलीले निर्वाचनमा आफू र पार्टी दुवैले सोचेजस्तो सफलता प्राप्त गर्न नसकेको उल्लेख गर्दै लोकतन्त्रमा जनताको निर्णय नै अन्तिम हुने बताउनुभएको छ ।

यस्तो छ उहाँले लेख्नुभएको स्टाटस
‘दिदीबहिनी तथा दाजुभाइहरु
यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ । हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो । जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु ।’

अध्यक्ष ओलीले एमाले जनताको बीचमै रहने र जनताको लागि नै काम गरिरहने बताउनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments