Friday, March 13, 2026
Homeराजनीतिपार्टी स्थापना भएको ४ महिनामै राष्ट्रिय दल बनेको श्रम संस्कृति कोशी प्रदेशमा...

पार्टी स्थापना भएको ४ महिनामै राष्ट्रिय दल बनेको श्रम संस्कृति कोशी प्रदेशमा दोस्रो

विराटचोकः पार्टी स्थापना भएको ४ महिनामै राष्ट्रिय दलको मान्यता पाउने गरी ३ प्रतिशत मत ल्याएको श्रम संस्कृति पार्टी कोशी प्रदेशको मतगणनामा दोस्रो भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार समानुपातिक मततर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८ लाख ५३ हजार १८३ मत पाएर कोशी प्रदेशमा पहिलो पार्टी बन्दा श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ४९ मत पाएको छ ।

नेपाली कांग्रेसले २ लाख ९० हजार ५६२ र नेकपा एमालेले २ लाख ८८ हजार १८६ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीले यसपटक ९७ हजार ६७९ मत पाएको छ । यसअघि चौथो शक्तिको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने ६२ हजार ८२९ मतसहित छैटौं बनेको छ ।

अघिल्लो निर्वाचनमा नेकपा एमाले ६ लाख ६५ हजार ४६० समानुपातिक मत ल्याएर पहिलो शक्ति बनेको थियो । ५ लाख ६२ हजार ९५६ मतसहित दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १ लाख ९८ हजार ५११ मतसहित तेस्रो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चौथो स्थानमा रहेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments