Friday, March 13, 2026
Homeराजनीतिधनकुटाको साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई एमालेले गर्याे कारवाही

धनकुटाको साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई एमालेले गर्याे कारवाही

भेडेटारः पार्टी गतिविधि विपरीत काम गरेको आरोपमा नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई पार्टीबाट निष्कासित गरेको छ ।

जिल्ला कमिटीको विस्तारित बैठकले गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीििवरुद्ध गतिबिधि गरेको र अन्तरघात गरेको आरो लगाउँदै राईलाई कारवाही गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीविरुद्ध अन्तर्घात गरेको आरोप लागेका कार्यकर्तामाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको एमालेले जनाएको छ । भीम राईको संयोजकत्वमा गठित समितिमा हिमादेवी भट्टराई र एमपी उपाध्याय सदस्य रहेका छन् ।

उपाध्यक्ष मुना राईले आफूलाई गरिएको औपचारिक जानकारी नपाएको बताउनुभएको छ । राईले विगतदेखि नै आफूलाई कारबाहीको नाममा दबाब दिने प्रयास भइरहेको बताउँदै कारबाही भएको भए त्यसलाई स्वाभाविक रूपमा लिने प्रतिक्रिया बताउनुभएको छ ।

धनकुटामा प्रतिनिधिसभा निर्वाचनमा एमालेका राजेन्द्रकुमार राई निर्वाचित भए पनि साँगुरीगढी गाउँपालिकामा भने श्रम संस्कृति पार्टीले धेरै मत पाएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments