विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको मूल्य तोलामा २ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा २०५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकिएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ हजार ५१५ रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य तोलामा २००० रुपैयाँ बढेको थियो भने चाँदीको मूल्य स्थिर रहेको थियो ।







