विराटचोकः निर्वाचनको नतिजापछि हिजो उच्च प्रतिशतले बढेर तीन पटक सर्किट ब्रेक लगाउनुपरेको शेयर बजारमा आज भने बिक्री दबाब पर्दा १ दशमलव ११ प्रतिशत अर्थात् ३२ दशमलव ०८ अङ्कले घटेको छ ।
बजार खुलेको एक घण्टामा नै १० अर्ब ८९ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा बाँकी तीन घण्टामा १० अर्ब ६० करोड रुपैयाँको कारोबार भएको हो ।
आज ३२९ कम्पनीको ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता शेयर २ लाख ५ हजार ६११ पटक कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबारमा आएका कम्पनीमध्ये १७८ को मूल्य घटेको थियो ।
आज ङादी ग्रुप पावरको मात्रै १ अर्ब ९ करोड ७३ लाख ५५ हजार १५७ रुपैयाँको शेयर किनबेच भएको थियो ।
आँखुखोला जलविद्युत कम्पनी, अपि पावर, रिडी पावर र शिवम् सिमेन्ट उच्च कारोबार गर्ने कम्पनीमा परे ।
घटेको बजारमा आज रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । थ्री स्टार हाइड्रो, कालिका पावर कम्नी र लाइफ इन्स्योरेन्स कर्पाेरेशन उच्च मूल्य बढ्ने कम्पनीमा परे ।
आज हिमस्टार उर्जा कम्पनीको शेयरमूल्य ६.३६ प्रतिशतले घट्दा मितेरी डेभलपमेन्ट बैंक, मैलुङ खोला जलविद्युत कम्पनी, मञ्जुश्री फाइनान्स उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब ८३ अर्ब २६ करोड ३९ लाख ९५ हजार ३३५ रुपैयाँ कायम भएको छ ।







