Tuesday, March 10, 2026
Homeराजनीतिसमानुपातिकतर्फ १ करोड मत गनियो, रास्वपाले ल्यायो ४८ प्रतिशत, राप्रपालाई जित्यो श्रम...

समानुपातिकतर्फ १ करोड मत गनियो, रास्वपाले ल्यायो ४८ प्रतिशत, राप्रपालाई जित्यो श्रम संस्कृति पार्टीले

विराटचोकः प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते भएको निर्वाचनको समानुपातिकतर्फको मत गणना जारी छ । गणनाको क्रममा शुरुमा छैटौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीले राप्रपाको भन्दा बढी मत ल्याउँदै पाँचौँ स्थानमा आएको छ ।

हालसम्म समानुपातिकतर्फको १ करोड ३ लाख ४४ हजार ९५२ मत गनिएको छ । हालसम्मको मत परिणामअनुसार रास्वपाले ४८ प्रतिशत अर्थात् हालसम्म गनिएको मतमध्ये ४९ लाख ६७ हजार ४३ मत ल्याएको छ । प्रत्यक्षतर्फ उसले १२५ सिट जितेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ दशमलव २८ प्रतिशत अर्थात् १६ लाख ८४ हजार १२८ प्रतिशत मत पाएको छ । प्रत्यक्षतर्फ कांग्रेसले १८ सिट जितेको छ ।

तेस्रो स्थानमा रहेको नेकपा एमालेले १३ दशमलव ५४ प्रतिशत अर्थान् १४ लाख २४७ मत ल्याएको छ । एमालेले प्रत्यक्षतर्फ ९ स्थानमा जीत हासिल गरेको छ ।

चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीले ७ दशमलव ३६ प्रतिशत अर्थात् ७ लाख ६१ हजार ६८० मत ल्याएको छ । प्रत्यक्षतर्फ नेकपा ८ सिटमा विजयी भएको छ ।

पाँचौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीले ३ दशमलव ३७ प्रतिशत अर्थात् ३ लाख ४९ हजार १४० मत पाएको छ । ४ महिनाअघि स्थापित सो पार्टीले प्रत्यक्षतर्फ तीन सिट सुरक्षित गरेको छ ।

छैटौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ दशमलव १३ प्रतिशत अर्थात् ३ लाख २३ हजार ५३५ मत पाएको छ । प्रत्यक्षतर्फ राप्रपाले १ सिट मात्रै जितेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments