Tuesday, March 10, 2026
Homeराजनीतिरोचक बन्दै इलाम– १ को मत परिणाम, शुरुमा एमाले अघि, पछि कहिले...

रोचक बन्दै इलाम– १ को मत परिणाम, शुरुमा एमाले अघि, पछि कहिले कांग्रेस अघि, कहिले श्रम संस्कृति

विराटचोकः फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य चयन निर्वाचनको ३ स्थानको परिणाम आउन बाँकी छ । जसमध्ये इलाम–१ मा नेपाली कांग्रेसका निश्लक राई र श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूबीच कडा टक्कर देखिएको छ ।

मत परिणाममा कहिले झिनो मतान्तरले कांग्रेसका उम्मेद्वार अघि देखिन्छन् त कहिले श्रम संस्कृतिका अघि देखिन्छन् । प्रारम्भिक गणनामा एमालेका काजीमान कागतेले पनि अग्रता लिएका थिए ।

सबैभन्दा पछिल्लो अद्यावधिकअनुसार कांग्रेसका राईले १० हजार ८४९ मत ल्याउँदा श्रम संस्कृतिका लिम्बूले १० हजार ६५१ मत प्राप्त गरेका छन् । उनीहरु बीच १९८ मतको अन्तर देखिन्छ ।

नेकपा एमालेका काजीमान कागतेले ९ हजार ९९८ र रास्वपाका विमल गदालले ६ हजार ७५८ मत प्राप्त गरेका छन् ।

गोरखा १ मा रास्वपाका सुदन गुरुङले र संखुवासभामा नेकपा एमालेका अर्जुनकुमार कार्कीले अग्रता लिइरहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments