Saturday, March 7, 2026
Homeराजनीतिमोरङ २ मा रास्वपाका कृष्णकुमार कार्की ४० हजार ९२४ मतसहित विजयी

मोरङ २ मा रास्वपाका कृष्णकुमार कार्की ४० हजार ९२४ मतसहित विजयी

विराटचोकः मोरङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार कृष्णकुमार कार्की ४० हजार ९२४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका दिलीपकुमार अग्रवालले १५ हजार ६२४ मत ल्याउनुभएको छ ।

नेपाली कांग्रेसका डा. मीनेन्द्रप्रसाद रिजालले १२ हजार ७६४ मत ल्याउनुभएको छ । श्रम संस्कृति पार्टीका अबुहो रैरहले १ हजार ८२२ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीका चन्द्रवीर राईले १ हजार ३६६ मत ल्याउनुभएको छ ।

अन्य उम्मेद्वारले ८०० भन्दा कम मत ल्याउनुभएको छ ।

अघिल्लो निर्वाचनमा मोरङ २ मा नेकपा एमालेका ऋषिकेश पोखरेल ३३ हजार १४८ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसकी सुजाता कोइरालाले ३१ हजार ९४० मत ल्याउनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments