विराटचोकः प्रतिनिधि सभा सदस्य चयनका लागि बिहीबार भएको निर्वाचनबाट कपिलवस्तु क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका अभिषेकप्रताप साह विजयी भएका छन् । अघिल्लो निर्वाचनमा साह नेकपा एमालेका मंगलप्रसाद गुप्तासँग पराजित भएका थिए ।
निर्वाचन आयोगका अनुसार साह २३ हजार ५३५ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका प्रकाश रजौरियाले १८ हजार ९९० मत ल्याए । अघिल्लो निर्वाचनमा राप्रपाका उम्मेद्वार रहेका रजौरियाले अघिल्लो निर्वाचनमा १४ हजार ३० मत ल्याएका थिए ।
मत परिणामअनुसार नेकपा एमालेका वीरेन्द्रकुमार कानोडियाले १४ हजार ७६३, राष्ट्रिय मुक्ति पार्टी नेपालका ईश्वरदयाल मिश्रले ५ हजार १७ र नेपाली कम्युनिष्ट पार्टीका एहसान अहमद खाँले ४ हजार २५१ मत ल्याए ।
अन्य उम्मेद्वारले ६०० भन्दा कम मत ल्याएका छन् ।
साहको जीतसँगै कांग्रेसले ९ स्थानमा जीत हासिल गरेको छ ।







