विराटचोकः प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशा झा ३० हजार ४३४ मत पाउँदै विजयी हुनुभएको छ ।
निर्वाचन आयोगका अनुसार क्षेत्र नम्बर ५ मा ७८ हजार ४४९ मत खसेकोमा ७० हजार ५६० मत सदर र ७ हजार ८८९ मत बदर भएको थियो ।
झाका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार फूलकुमार लालबानीले ९ हजार ४१५ मत ल्याउँदा जनता समाजवादी पार्टीका राजकुमार यादवले ८ हजार ७४७ मत ल्याउनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार शिवकुमार मण्डल केवटले ८ हजार ६१४ मत र नेकपा एमाले उम्मेद्वार मनोजकुमार अग्रवालले ६ हजार ९४५ मत पाउनुभएको छ ।
राष्ट्रिय ऊर्जाशील पार्टीका अध्यक्ष योगेन्द्र मण्डलले ४ हजार १९९ मत ल्याउनुभएको छ । अघिल्लो निर्वाचनमा मण्डलले सो क्षेत्रबाट स्वतन्त्र उम्मेद्वारी दिएर २१ हजार ८२० मत ल्याएर विजयी हुनुभएको थियो । जेनजी आन्दोलनपछि उहाँले राष्ट्रिय ऊर्जाशील पार्टी खोल्नुभएको थियो ।
अन्य उम्मेद्वारले ५५० भन्दा कम मत ल्याउनुभएको छ ।







