विराटचोकः फागुन २१ गते बिहीबार प्रतिनिधि सभा सदस्यको पदको लागि भएको निर्वाचनमा समानुपातिकतर्फ खसेको मत पनि गणना हुन थालेको छ ।
आज दिउँसो ४ बजेसम्मको मत गणनाको नतिजामा रास्वपा अगाडि देखिएको छ । रास्वपाले १ लाख ७२ हजार ७७७ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५२ हजार ६३२ मत प्राप्त गरेको छ ।
नेकपा एमालेले ४० हजार १९, नेपाली कम्युनिष्ट पार्टीले १६ हजार ५२९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ हजार ३९७, श्रम संस्कृति पार्टीले ७ हजार ७४८, नेपकिपाले १ हजार ३४३, जनता समाजवादी पार्टीले ५३८ र प्रगतिशील लोकतान्त्रिक पार्टीले ४०६ मत प्राप्त गरेको छ ।
समानुपातिकमा धेरै मत पाएको रास्वपाले प्रत्यक्षतर्फ पनि ४९ सिटमा जीत हात पारेको छ भने ७१ सिटमा अग्रता कायम राखेको छ ।







