Saturday, March 7, 2026
Homeराजनीति५२६ मतान्तरले भीम रावललाई पराजित गर्दै नेपाली कांग्रेसका भरतकुमार स्वार अछामबाट विजयी

५२६ मतान्तरले भीम रावललाई पराजित गर्दै नेपाली कांग्रेसका भरतकुमार स्वार अछामबाट विजयी

अछामः नेपाली कांग्रेसका भरतकुमार स्वार प्रतिनिधि सभा सदस्य निर्वाचनमा अछामबाट विजयी हुनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका भीम रावललाई ५२६ मतान्तरले पराजित गर्दै स्वार विजयी हुनुभएको हो ।

निर्वाचन आयोगका अनुसार स्वारले १० हजार ७५९ मत पाउँदा रावलले १० हजार २३३ मत ल्याउनुभएको थियो । नेकपा एमालेका दीपकबहादुर साउदले ७ हजार ३८९ र रास्वपाका ओमप्रकाश रावलले १ हजार ७३९ मत ल्याउनुभयो ।

राप्रपाका लोकेन्द्रबहादुर शाहले १०२, नेपाल कम्युुनिष्ट पार्टी माओवादीका लोकेन्द्रबहादुर शाहीले ७५, स्वतन्त्र उम्मेद्वार भीमबहादुर कुँवरले ४१ र नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र शाहीले १० मत ल्याउनुभएको छ ।

अछाममा अघिल्लो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका शेरबहादुर कुँवर १९ हजार ५३४ मत ल्याएर विजयी हुनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments