विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट तेस्रो पटक विजयी हुनुभएको छ । २०७९ को निर्वाचन, २०८० को उपनिर्वाचन र २०८२ सालमा गरी उहाँ तीन पटक सो क्षेत्रबाट निर्वाचित हुनुभएको हो ।
बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार लामिछानेले ५४४०२ मत ल्याउनुभएको छ । लामिछानेका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले १४५६४, नेकपा एमालेका अस्मिन घिमिरेल ६९९२ र नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले ४९६९ मत ल्याउनुभएको छ ।
अन्य उम्मेद्वारले ८०० मत कटाउन सक्नुभएको छैन ।







