Saturday, March 7, 2026
Homeराजनीतिस्वतन्त्र उम्मेद्वारी दिनुभएका महावीर पुन फराकिलो मतान्तरले विजयी

स्वतन्त्र उम्मेद्वारी दिनुभएका महावीर पुन फराकिलो मतान्तरले विजयी

विराटचोकः अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको पदबाट राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारी दिएका महावीर पुन फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।

अन्तिम मत परिणामअनुसार त्रिभुज चुनाव चिह्न लिएका पुनले २२८५० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७९१९ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६६७६, नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुर थापाले ३५२९ र रास्वपाका युवराज रोकाले १५१९ मत ल्याउनुभएको छ ।

अन्य उम्मेद्वारले ३०० मत पनि कटाउनुभएको छैन ।

गत निर्वाचनमा म्याग्दीमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा २४०२१ मत ल्याएर विजयी हुनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments