विराटचोकः फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं ७ मा रास्वपाका गणेश पराजुली दोस्रो पटक निर्वाचित भएर संसद छिर्नुहुने भएको छ ।
अन्तिम मत परिणामअनुसार पराजुली २७८०५ मतसहित विजयी हुनुभएको हो । गत निर्वाचनमा पनि उहाँ ८७४३ मतसहित निर्वाचित हुनुभएको थियो ।
उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईँले ३९८२ मत ल्याउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका वसन्तप्रसाद मानन्धरले ३६६७, नेकपा एमालेका प्रकाश श्रेष्ठले ३५४४, उज्यालो नेपाल पार्टीका विमला लामाले १३८३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लालकुमार लामाले १३८१ मत ल्याउनुभएको छ ।
अन्य उम्मेद्वारले ५०० मत कटाउनुभएको छैन ।







