Thursday, March 5, 2026
Homeराजनीतिडोल्पामा दिउँसो ३ बजेसम्ममा साढे ६१ प्रतिशतले गरे मतदान

डोल्पामा दिउँसो ३ बजेसम्ममा साढे ६१ प्रतिशतले गरे मतदान

 डोल्पाः क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पामा प्रतिनिधिसभा निर्वाचनको लागि आज भएको निर्वाचनमा ६१ दशमलव ५० प्रतिशत मत खसेको छ ।

एउटामात्र क्षेत्र रहेको डोल्पामा २४ हजार ११५ जना मतदाता छन् । त्यसमध्ये १४ हजार ८ सय ३१ मत खसेको हो ।

डोल्पामा ७० मतदान केन्द्र र ४१४ कर्मचारी खटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाका केही मतदान केन्द्रमा ढिलो गरी मतदान प्रक्रिया शुरु भए पनि मतदाताको उत्साहपूर्ण सहभागी रहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

जिल्लामा दुई वटा अस्थायीसहित ७० वटा मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनका लागि ४१४ कर्मचारी खटाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments