काठमाडौंः जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी समर्पण (सरेण्डर) दर घट्दै गएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा क्षेत्रमा पोलिसी सरेण्डर रकम १९.०७ प्रतिशतले कम भएको छ ।
गत आर्थिक वर्षको ७ महिनासम्ममा ८ अर्ब ५९ करोड २ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्म १९ प्रतिशतले घटेर ६ अर्ब ९५ करोड १७ लाख रुपैयाँ बराबरको पोलिसी मात्रै सरेण्डर भएको छ ।
प्राधिधकरणका अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा ५९ हजार ६७२ वटा पोलिसी त्याग भएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ४.५६ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म भने ६२ हजार ५२३ वटा पोलिसी त्याग भएका थिए ।




