Thursday, February 19, 2026
Homeसमाचारयी हुन् सुन्दरहरैंचासँग सम्बन्धित माघ महिनाका समाचारहरू

यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित माघ महिनाका समाचारहरू

विराटचोकः अघिल्ला महिनामा झैँ माघ महिनामा पनि सुन्दरहरैंचा नगरपालिका मिडियामा आउने गरी केही कामहरू भए । सुकुना बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गर्न साङ्गीतिक कार्यक्रम गर्नेदेखि अलकत्रा प्लाण्टको विरोधसम्मका कार्यक्रमका कारण माघ महिनामा सुन्दरहरैंचा चर्चामा आयो ।

यी हुन् माघ महिनाका केही महत्वपूर्ण समाचारहरूः

माघ १ः सुकुना बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गर्ने उद्देश्यसहित यम बुद्ध साङ्गीतिक कार्यक्रम सम्पन्न ।

माघ १ः मगर इतिहास, भाषा र संस्कृतिको संरक्षण–सम्बद्र्धनलाई मूल मन्त्रका रूपमा अघि बढाउँदै नेपाल मगर संघ सुन्दरहरैंचा नगर समितिले मगर समुदायको मौलिक पर्व माघे संक्रान्ति तथा नयाँ वर्ष (मिनाम ल्हेस–५०१५) को अवसरमा शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न ।

माघ १ः सुन्दरहरैंचा– ९ मा रहेको कालीखोला मन्दिर परिसरमा माघे संक्रान्ति मेला, उल्लेख्य भक्तजन र दर्शनार्थी सहभागी ।

माघ ३ः सुकुना माध्यमिक विद्यालयको आयोजना र महेन्द्र माध्यमिक विद्यालयको सहआयोजनामा सुन्दरहरैंचा नगरस्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड शुरु ।

माघ ३ः एशियन राजमार्ग निर्माणको क्रममा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ ठडियामा अलकत्रा प्लाण्ट स्थापना गरिए त्यसको विरोध गरिने र प्लाण्ट हटाएर छोड्ने निर्णय स्थानीयको भेलाले गरेको छ ।

माघ ४ः बस्तीको बीचमा अलकत्रा प्लाण्ट नराख्न माग गर्दै सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का बासिन्दाद्वारा सुन्दरहरैंचा नगरपालिकामा ज्ञापनपत्र ।

माघ ५ः ‘पेशागत सुरक्षा र आत्मसम्मान, अनुसन्धानमूलक तथा गुणस्तरीय शिक्षा हाम्रो अभियान’ भन्ने नारासहित नेपाल प्रगतिशील प्राध्यापक संगठन, कोशी प्रदेशको तेस्रो अधिवेशन सुकुना बहुमुखी क्याम्पसमा सम्पन्न ।

माघ ५ः सातौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, साजीलाल मावि लगातार चौथो पटक च्याम्पियन । प्रतियोगितामा साजीलाल २१ स्वर्ण, १६ रजत र १३ कास्य पदकसहित पहिलो ।

माघ ६ः सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा कोशी प्रदेशका पालिकाबीच महिला भलिबल प्रतियोगिता शुरु ।

माघ ६ः सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा नेपालीरिका होटलमा नयाँ पेशा पहिचानसम्बन्धी परामर्श कार्यशाला सम्पन्न । पूर्व सिकाइको मान्यताको (आरपिएल) विधिद्वारा गरिने सीप परीक्षणका लागि भएको सो कार्यशालामा सुन्दरहरैंचा र बेलबारीका उद्योगी, व्यवसायी तथा संघसंस्थाका प्रतिनिधिको उपस्थिति ।

माघ ८ः सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा कोशी प्रदेशका पालिकाबीच महिला भलिबल प्रतियोगिता सम्पन्न । भोजपुरको आमचोक गाउँपालिकाले जित्यो उपाधि ।

माघ १२ः नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचा उपशाखा जिल्लामा रहेका ५५ वटा उपशाखामध्ये पहिलो भएको छ । विभिन्न गतिविधिका साथै मोरङ जिल्लामै सबैभन्दा धेरै रक्तदान कार्यक्रम गरी रगत सङ्कलन गर्ने कार्य गरेको हुनाले सुन्दरहरैंचा शाखा पहिलो भएको मोरङ जिल्ला रेडक्रसले जनाएको छ । प्रत्येक वर्ष माघ १२ गते मनाइने रक्तसञ्चार दिवसको अवसरमा सुन्दरहरैंचा शाखा पुरस्कृत ।

माघ १४ः मोरङको सुन्दरहरैंचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा स्थापना हुने “यमबुद्ध छात्रवृत्ति कोष” मा मोरङ क्षेत्र नं.३ का पूर्व सांसद डा.सुनिल शर्माद्वारा १० लाख रुपैयाँ प्रदान ।

माघ १४ः अजीव राईको अध्यक्षतामा श्रम संस्कृति पार्टीको सुन्दरहरैंचा नगर कमिटी गठन ।

माघ १४ः पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगले नयाँ नेतृत्व पाएको छ । विश्वविद्यालयको रिक्त रहेको सेवा आयोगको अध्यक्ष पदमा प्रा.डा. देवेन्द्र अधिकारी र सदस्य पदमा समी लामा नियुक्त ।

माघ १५ः नेपाल ज्योतिष परिषद् मोरङ जिल्ला समितिको छैटौँ साधारणसभा तथा तेस्रो अधिवेशन सुन्दरहरैंचाको विराटचोकमा सम्पन्न । अधिवेशनद्वारा स्वामप्रसाद भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन ।

माघ १५ः पञ्चायत मावि सुन्दरहरैंचा–७ गोठगाउँको ६१ औँ वार्षिकोत्सवको अवसरमा शिक्षक, विद्यार्थी, कर्मचारीका साथै विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान ।

माघ १७ः देशकै पहिलो मुक्त रङ्गमञ्च दाबी गरिएको मोरङको सुन्दरहरैँचा नगरपालिका ८ सलकपुरमा रहेको शिल्पी नाट्य केन्द्र सञ्चालनमा ।

माघ १७ः इन्द्रपुर जेसीजको आयोजनामा शाखा पदाधिकारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको शाखा पदाधिकारी तालिम सम्पन्न ।

माघ १७ः ‘एकताका लागि दौड’ भन्ने नाराका साथ खेलकुदमार्फत् सामाजिक एकता र स्वास्थ्यप्रति सन्देश दिने उद्देश्यले सिर्जनशील क्लबको आयोजनामा भएको सुन्दरहरैंचा सिर्जनशील रनमा ५०० जनाभन्दा बढी धावकको सहभागिता ।

माघ २०ः साजीलाल माध्यमिक विद्यालयले विद्यालयको ६० औँ वार्षिकोत्सवको पहिलो दिन गरेको सुन्दरहरैंचा नगरपालिकाका सामुदायिक माविस्तरीय हाजिरीजवाफमा आयोजक साजीलाल नै पहिलो ।

माघ २१ः साजीलाल माध्यमिक विद्यालयले विद्यालयको ६० औँ वार्षिकोत्सवको अवसर पारेर १३२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान ।

माघ २२ः साजीलाल माध्यमिक विद्यालयले विविध कार्यक्रमका साथ ६० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । दिवस मनाउने क्रममा विद्यालयले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ ।

माघ २३ः मोरङको सुन्दरहरैंचास्थित नेपालीरिका होटलमा भएको नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोश भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन ।

माघ २४ः कौडिन्य गोत्रीय आचार्य वंश प्रतिष्ठान सुन्दरहरैंचाको नवौँ साधारणसभा सम्पन्न ।

माघ २४ः सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको १८ औँ वार्षिक साधारणसभा सम्पन्न ।

माघ २५ः नेपाली कांग्रेसद्वारा मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने सुन्दरहरैंचाका वडा नम्बर २, ३, ४, ५, ६ र ७ मा प्रचारप्रसार समितिको वडा कार्यालय स्थापना । सबै वडा कार्यालयको उद्घाटन मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका उम्मेद्वार रहनुभएका डा. शेखर कोइरालाद्वारा सम्पन्न ।

माघ २७ः सुन्दरहरैंचा उद्योग वाणिज्य संघले आफ्नो कार्यक्षेत्रका १० वटा विद्यालयका ५० जना विद्यार्थीलाई एक दिने औद्योगिक अवलोकन भ्रमण गराएको छ ।

माघ २८ः सुन्दरहरैँचा नगरपालिका–९ स्थित विराटचोकमा रहेको नेपालीरिका होटलमा ‘वेलनेस’ सेवा सञ्चालनमा ।

सम्बन्धित समाचारहरुः

यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित पुस महिनाका समाचारहरू

सुकुम्बासीलाई धनीपूर्जा वितरणदेखि जगद्गुरु सम्मानसम्म यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित कात्तिक महिनाका समाचार

सुकुनाका विद्यार्थी बोर्ड फस्टदेखि स्रष्टा सम्मानसम्म यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित असोज महिनाका समाचारहरू

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments