Sunday, February 15, 2026
Homeराजनीतिउज्यालो नेपाल पार्टीको चुनावी घोषणापत्र सार्वजनिक, ५ वर्षमा ४५ लाख रोजगारी सिर्जना

उज्यालो नेपाल पार्टीको चुनावी घोषणापत्र सार्वजनिक, ५ वर्षमा ४५ लाख रोजगारी सिर्जना

विराटचोकः उज्यालो नेपाल पार्टीले आगामी पाँच वर्षमा ४५ लाखलाई रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासहित आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

प्रतिबद्धतापत्रमा जलविद्युत्, कृषि, पर्यटन, सूचना र प्रविधि, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रबाट वार्षिक ९ लाख रोजगारी सिर्जना गरी ५ वर्षमा ४५ लाख रोजगारी सिर्जना गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी, पार्टीले सुशासन, समृद्धि, र सामाजिक न्यायमा केन्द्रित रहेर आगामी निर्वाचनको लागि निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ ।

संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता कायम गरी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी विस्तार गर्ने स्पष्ट रोडम्याप प्रस्तुत गरिएको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

गरिबी दर २०३० सम्म १५ प्रतिशत र २०३५ सम्म १० प्रतिशतमा झार्ने र बेरोजगारी ५ प्रतिशतभन्दा कममा सीमित गर्ने लक्ष्य राखिएको छ ।

भूमिहीनलाई जग्गा वितरण, सस्तो आवास कार्यक्रममार्फत वार्षिक १ लाख परिवारलाई लाभ, परिवार संरक्षण प्याकेज, सहकारी ठगी पीडितलाई न्याय तथा मिटरब्याज नियन्त्रणका कार्यक्रम समेटिएका छन् ।

राप्रपाले सार्वजनिक गर्याे घोषणापत्र

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह

नेपाली कम्युनिष्ट पार्टीले ल्यायो प्रतिबद्धतापत्र

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments