Sunday, February 15, 2026
Homeशिक्षा र स्वास्थ्यलभ्ली एन्जल्स इङ्लिस बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सवमा विविध कार्यक्रम

लभ्ली एन्जल्स इङ्लिस बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सवमा विविध कार्यक्रम

मृगौलियाः विविध कार्यक्रमका साथ सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित लभ्ली एन्जल्स इङ्लिस बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह शनिबार सम्पन्न भएको छ ।

प्रमुख अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै नगरको शैक्षिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने अभिभावक चिठ्ठा कार्यक्रममार्फत् अभिभावकलाई उपहार प्रदान गरिएको थियो । विद्यार्थीहरूले नृत्य, गायन, तेक्वान्दो, नाटक तथा खेलकौशल प्रस्तुत गर्दै सांस्कृतिक कार्यक्रममार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले तयार पारेका विज्ञान, सामाजिक तथा वातावरणसम्बन्धी चित्रहरूको प्रदर्शनीसमेत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले नाटक पनि प्रस्तुत गरेका थिए । सो नाटकलाई उपस्थित दर्शकले औधी मन पराएका थिए । 

कार्यक्रममा शिक्षक दीक्षा ढुङ्गाना र कर्मचारी शम्भुप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो भने पूर्व विद्यार्थी शुभम् साह र सञ्चारकर्मी मणिराम दाहाललाई पनि सम्मान गरिएको थियो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङका पूर्व अध्यक्ष अर्जुन बस्नेत, विद्यार्थीहरू लप्सन बिके र आकृति साह तथा सम्मानित पूर्व विद्यार्थी शुभम् साहले आफ्नो धारणा राख्नुभएको थियो ।

गायक श्रीकृष्ण लुइँटेल (बोकेदारी) को पनि साङ्गीतिक प्रस्तुति रहेको कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विद्यार्थीले विभिन्न गीतमा नृत्य गरेका थिए ।

विद्यालयमा गत शैक्षिक सत्रमा विद्यालयमा शतप्रतिशत दिन हाजिर हुने २४ जना विद्यार्थीलाई सम्मान गर्नुका साथै मस्ट रेगुलर टिचर अवार्डको सम्मान अमित सेन खवास र यशोदादेवी पौडेललाई प्रदान गरेको थियो ।

त्यस्तै, विद्यार्थीलाई इनोभेसन अवार्ड, एक्सिलेन्स इन आर्ट अवार्ड, इमर्जिङ स्टुडेन्ट अवार्ड, बेस्ट ह्याण्डराइटिङ अवार्ड, बेस्ट क्लासरुम पार्टिसिपेन्ट अवार्डलगायतका अवार्ड पनि प्रदान गरिएको थियो ।

विद्यालय सञ्चालक समिति अध्यक्ष उर्मिला थापा बस्नेतको सभापतित्वमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments