Wednesday, February 11, 2026
Homeराजनीतिनेपाली कम्युनिष्ट पार्टीले ल्यायो प्रतिबद्धतापत्र

नेपाली कम्युनिष्ट पार्टीले ल्यायो प्रतिबद्धतापत्र

विराटचोकः आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावका लागि नेपाली कम्युनिष्ट पार्टीले प्रतिबद्धतापत्र ल्याएको छ । मंगलबार अपराह्न नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ सार्वजनिक भएको प्रतिबद्धतापत्रमा राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायहितको समृद्धिलाई प्राथमिकतामा राखिएको छ ।

प्रगति हुन नसकेका राष्ट्रिय गौरवका आयोजना र नयाँ महत्वपूर्ण आयोजनारूको निर्माण द्रुत रूपमा सम्पन्न गर्ने उल्लेख गरिएको छ । पूर्वपश्चिम राजमार्ग, हुलाकीमार्ग, मध्यपहाडी लोकमार्ग, काठमाडौं– निजगढ द्रुतमार्ग, काठमाडौं– हेटौडा सुरुङमार्ग, उत्तरदक्षिण लोकमार्ग (कोशी, त्रिशुली, कालीगण्डकी, कर्णाली र महाकाली कोरिडोर) गड्डाचौकी– चिसापानी सडकखण्ड चार लेनको निर्माण गर्ने पनि उल्लेख गरिएको छ ।

प्रमुख शहरहरूमा मास ट्रान्जिट सिस्टम कार्यान्वयनमा ल्याइने र ठूला नदीहरूमा जल यातायातका पूर्वाधार निर्माण गरिने बताइएको छ ।

जेनजीको मर्म र मुलुकको आवश्यकता अनुरूप शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिमार्जन गरिने पनि सो पार्टीले आफ्नो प्रतिबद्धतापत्रमार्फत् प्रतिबद्धता जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments