सुन्दरहरैंचाः हिजो हिमालयन रि इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । आवेदन गर्ने सबैलाई १० कित्तादेखि ४० कित्तासम्म परेको सो कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको शेयर कारोबारको लागि एचआरएल कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारको लागि १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
सोमबार यही रेञ्जमा रहेर स्पेशल प्रि ओपनमा कारोबार भएमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।
हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँड, आवेदकले पाए ४० कित्तासम्म शेयर
हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन







