सुन्दरहरैंचाः हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बुधबार बाँडफाँड भएको छ । ३० कित्तासम्म आवेदन दिनेले मागेजति नै शेयर पाएका छन् भने ४० कित्ताभन्दा बढी आवेदन दिनेले गोलाप्रथामार्फत् ४० कित्ता शेयर पाएका छन् ।
कम्पनीले मंसिर २७ गतेदेखि पुस १ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गरेको थियो । १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएकोमा ८ हजार ६५५ आवेदन रद्द भएको थियो । २९ हजार २१ आवेदकले ४० कित्ता शेयर पाएका छन् ।