Tuesday, December 24, 2024
Homeअर्थशेयरहिमालयन रि इन्स्योरेन्सले थप्यो आईपीओमा आवेदन दिने समय

हिमालयन रि इन्स्योरेन्सले थप्यो आईपीओमा आवेदन दिने समय

सुन्दरहरैंचाः मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय हिमालयन रि इन्स्योरेन्स लिमिटेडले थप गरेको छ ।

आवश्यक संख्यामा आवेदन प्राप्त भएपश्चात सो सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरी निष्काशन बन्द गरिने कम्पनीले जनाएको छ । कम्पनीले १० अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर बिक्रीमा राखेको छ ।

कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड कित्ता शेयर निष्काशन गरि बाँडफाँड भएको छ । सामुहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर बाँडफाँड भइसकेको छ ।

बाँकी रहेको २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशनमा ल्याइएको थियो । छिटोमा आज बिक्री बन्द हुने दिन भए पनि पर्याप्त आवेदन नपरेकाले पुस ११ गतेसम्म समय थपिएको कम्पनीले जनाएको छ । पर्याप्त आवेदन परेपछि जुनसुकै दिन पनि सो आईपीओ निस्कासन बन्द हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments