Friday, February 6, 2026
Homeफिचरसाजीलाल माविको ६० औँ वार्षिकोत्सवमा सम्मानै सम्मान

साजीलाल माविको ६० औँ वार्षिकोत्सवमा सम्मानै सम्मान

दुलारीः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ दुलारीमा रहेको साजीलाल माध्यमिक विद्यालयले विविध कार्यक्रमका साथ ६० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । दिवस मनाउने क्रममा विद्यालयले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ ।

विद्यालयले पूर्व विद्यार्थी भक्तिप्रसाद सिटौला र शोभितलाल चौधरीलाई सम्मान गरेको छ । त्यस्तै पूर्व शिक्षक शिवनारायण चौधरी र विद्यालय व्यवस्थापन समितिमा रहेर योगदान गर्ने रामप्रसाद उप्रेतीलाई विद्यालयले सम्मान गरेको हो ।

विद्यालयले शिक्षक प्रोत्साहन अक्षयकोषबाट चुडामणि दुलाललाई सम्मान गरेको थियो । त्यस्तै, विद्यालयको तर्फबाट कर्मचारी रोहित बिक तथा पूर्व प्राथमिक तहबाट शिक्षक सपना गौतम भुजेललाई सम्मान गरिएको थियो । आधारभूत तहको कक्षा १ देखि ५ तर्फबाट शिक्षक गणेश नेपाल, कक्षा ६ देखि ८ को तर्फबाट शिक्षक पर्शुराम ढकाल, मावि तह कक्षा ९ र १० को तर्फबाट शिक्षक भवानीशंकर उपाध्याय ढकाल र कक्षा ११ र १२ को तर्फबाट शिक्षक सुन्दर बुढाथोकीलाई सम्मान गरिएको थियो । अतिरिक्त क्रियाकलापतर्फ खेल शिक्षक जयराम राजवंशीलाई सम्मान गरिएको थियो ।

त्यस्तै बौद्धिक ज्ञानतर्फ क्वीज हिरोको सम्मान कक्षा १० मा अध्ययनरत विद्यार्थी जीवितेष कट्टेल र रनर क्वीनको रुपमा खेलकुदतर्फ वितिसा रिजाललाई सम्मान गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा पहिलो दिन २० गते गछिया ब्लकमा विद्यालयले सुन्दरहरैंचाका सामुदायिक विद्यालयस्तरीय हाजिरी जवाफ कार्यक्रम आयोजना गरेको थियो ।

माघ २१ गते छात्रवृत्ति तथा पुरस्कार वितरण गरिएको थियो ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको समापन समारोहमा २२ गते विद्यालयको वार्षिक मुखपत्र विमोचन गरिएको थियो । विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

समापन समारोहलाई कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँका साथै पूर्व विद्यार्थी तथा पूर्व सांसद गुरु बराल, पूर्व विद्यार्थी तथा सम्मानित व्यक्ति भक्तिप्रसाद सिटौला, पूर्व विद्यार्थी प्रेमप्रकाश उप्रेती, सुकुना माविका प्रधानाध्यापक हिक्मत बस्नेत, पूर्व विद्यार्थी समाजका अध्यक्ष जीवन राई, शिक्षक अभिभावक संघकी अध्यक्ष कुमारी राईलगायतले सम्बोधन गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक वासुदेव पोख्रेल र नरोत्तम श्रेष्ठले गर्नुभएको थियो ।

थप समाचारहरु
साजीलालले दियो १३२ जना विद्यार्थीलाई २ लाख ९० हजार ५०० रुपैयाँ छात्रवृत्ति

साजीलाल माविमा भएको हाजिरीजवाफमा आयोजक विद्यालय पहिलो

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments