Wednesday, February 4, 2026
Homeफिचरसाजीलाल माविमा भएको हाजिरीजवाफमा आयोजक विद्यालय पहिलो

साजीलाल माविमा भएको हाजिरीजवाफमा आयोजक विद्यालय पहिलो

गछियाः साजीलाल माध्यमिक विद्यालयले आयोजना गरेको सुन्दरहरैंचा नगरपालिकाका सामुदायिक माविस्तरीय हाजिरीजवाफमा आयोजक साजीलाल नै पहिलो भएको छ ।

विद्यालयमा अक्षयकोष स्थापना गरेका दाता परिवारको सहयोगमा भएको षडानन्द, टीकाराम दाहाल अन्तर मावि हाजिरीजवाफमा साजीलाल पहिलो भएको हो । ११ विद्यालय सहभागी प्रतियोगितामा सुकुना मावि दोस्रो, जनता मावि बुधबारे तेस्रो र पञ्चायत मावि गोठगाउँ चौथो भएका छन् ।

विजयी विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । पहिलो हुने टिमले नगद ९ हजार, दोस्रो हुनेले ६ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ पुरस्कार पाएका थिए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्ले तथा दाता परिवारका तर्फबाट स्व. टीकारामकी धर्मपत्नी कमला पोखरेल, टीकाराम र षडानन्दका मातापिता पीताम्बर दाहाल र रुद्रकुमारी दाहाल तथा भाइ मातृका दाहालले पुरस्कार वितरण गर्नुभएको थियो ।

अक्षयकोष संस्थापक पीताम्बर दाहालले पहिलो प्रश्न सोधेर शुरु गर्नुभएको हाजिरीजवाफ प्रतियोगितामा प्रश्नकर्ताको रुपमा सुन्दरहरैंचा–१० निवासी सञ्जय शर्मा रहनुभएको थियो ।

साजीलाला माध्यमिक विद्यालयले आफ्नो ६० औँ वार्षिकोत्सवअन्तर्गत सो प्रतियोगिता आयोजना गरेको थियो । वार्षिकोत्सव अन्तर्गत नै आज छात्रवृत्ति तथा पुरस्कार वितरण तथा भोलि वार्षिकोत्सव तथा अभिभावक दिवसका कार्यक्रम हुने विद्यालयले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments