विराटचोकः साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक १.०१ प्रतिशत अर्थात २७.१९ अङ्कले बढेर २ हजार ७०८.७० बिन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृतमध्ये ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता शेयर १ लाख ८ हजार ८१७ पटक किनबेच हुँदा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार ८०० रुपैयाँको शेयर कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये व्यापारबाहेक सबै समूहमा हरियाली छाएको छ । निर्जीवन बीमा र अन्य समूह सर्वाधिक १.९८ प्रतिशतले बढ्दा व्यापार समूह ०.४८ प्रतिशतले घटेको थियो ।
युनियन हाईड्रोको सर्वाधिक ५८ करोड ७७ लाख ६३ हजार ८६२ रुपैयाँको शेयर किनबेच भएको बजारमा राधी विद्युत्, एसवाई प्यानल, आँखुखोला जलविद्युत र एनआरएन इन्फ्रास्ट्रक्चर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
बजार बढेसँगै कालिञ्चोक दर्शन, सुपरमाई हाईड्रो, मोदी इनर्जी, रिडी पावर र खानीखोला हाइड्रोको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
सुपर मादी हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्दा मायाखोला हाईड्रो, पिपुल्स पावर र हिमस्टार ऊर्जा उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ४७ अर्ब ९७ करोड ७३ लाख ७२ हजार १०४ रुपैयाँ कायम भएको छ ।







