विराटचोकः आजदेखि लागू हुने गरी नेपाल टेलिकमले ‘वार्षिकोत्सव अफर’ सार्वजनिक गरेको छ । टेलिकमले मोबाइल सेवा, एफटीटीएच र डेटा प्याकेजहरूमा विशेष सहुलियत घोषणा गरेको हो ।
२२ औं वार्षिकोत्सवका अवसरमा टेलिकमले प्रिपेड सिम कार्ड १४ फागुनसम्म अर्थात् २२ दिनका लागि २२ रुपैयाँमै उपलब्ध गराउने भएको छ । यसअघि सो सिमलाई १०० रुपैयाँ पर्दथ्यो ।
त्यस्तै एफटीटीएच प्याकेज जडान गर्दा लाग्ने शुल्क एक महिनासम्म निःशुल्क गरिएको छ । यसअघि कम्पनीले सबै एफटीटीएच प्याकेजहरूमा नयाँ जडान गर्दा ५०० रुपैयाँ शुल्क लिँदै आएको थियो ।
वार्षिकोत्सवकै अवसर पारेर टेलिकमले २२२ रुपैयाँमा २२ दिनको लागि २२ जीबी डेटा अफर ल्याएको छ । यस्तै २२ रुपैयाँमा १ दिनका लागि २ जीबी डेटा उपलब्ध हुने भएको छ । कम्बो प्याकको रूपमा २२२ रुपैयाँमा २२ दिनका लागि २२२ मिनेट अल नेटवर्क भ्वाइस कल, ४ जीबी डेटा र २२२ ओटा अल नेटवर्क एसएमएसको समेत दिइने कम्पनीले जनाएको छ ।







