विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँ घटेर फेरि तोलाको ३ लाख रुपैयाँभन्दा तल झरेको छ । चाँदीको भाउ पनि आज तोलामा ६२० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ९५ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ९८० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा १४ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा २६५ रुपैयाँ बढेको थियो ।







