काठमाडौंः पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।
भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा आज बिहान न्युरो हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।
स्वर्गीय भट्टराईको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।







