काठमाडौंः जेनजी आन्दोलनका क्रममा क्षति भएको पाँच महिनापछि माघ २४ गते शनिबार कोटेश्वरको भाटभटेनी खुल्ने भएको छ । भदौ २४ गते आगजनी भएको कोटेश्वरस्थित भाटभटेनी त्यसपछि बन्द थियो ।
‘आगजनीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरुमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनः सञ्चालनमा ल्याएको घोषणा गर्न पाउँदा खुसी लागेको छ,’ भाटभटेनीले एक विज्ञप्तिमार्फत् भनेको छ ।
देशभर भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा क्षति भएको थियो ।
भाटभटेनीले जारी गरेको विज्ञप्तिमा कठिन घडीमा साथ, सहयोग र धैर्यका लागि सबै ग्राहक, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।







