विराटचोकः आज पनि सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १४ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा २६५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख ४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ३ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १३५ रुपैयाँ बढेको थियो ।







