Wednesday, February 4, 2026
Homeसमाचारकोशी एक्सिलेन्स अवार्ड २०२६ को प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्ने

कोशी एक्सिलेन्स अवार्ड २०२६ को प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्ने

इटहरीः नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारी तथा कान्तिपुर टेलिभिजनका व्यापार प्रमुख सागर केसी र मार्केटिङ मेनेजर अनुपम अधिकारीबीच कोशी एक्सिलेन्स अवार्ड वितरण कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्ने सम्झौता भएको छ ।

फागुन ७ गते इटहरीको सोल्टी वेस्ट्रन होटलमा कोशी प्रदेशको पर्यटन, व्यापार र सामाजिक सांस्कृतिक पहिचान प्रवर्धनका लागि योगदान गर्ने उद्देश्यले कोशी एक्सिलेन्स अवार्ड – २०२६ आयोजना हुँदै छ । प्रदेशकै सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्डका रुपमा सो अवार्डलाई दाबी गरिएको छ ।

कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्दै आइएको सो अवार्डलाई अझ परिष्कृत र प्रभावशाली बनाउन तीन नयाँ विधा अटोमोबाइल, सङ्गीत र क्यापिटल मार्केट थप गरेर १६ विधामा अवार्ड प्रदान गरिने आयोजक संस्था नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले बताउनुभयो ।

गत वर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी र बीमालगायत दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको उहाँले बताउनुभयो ।

अवार्डलाई थप विश्वासिलो र राष्ट्रिय स्तरको बनाउने उद्देश्यले उच्चस्तरीय निर्णायक समिति गठन गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । निर्णायक समितिमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी प्रमुख सल्लाहकार हुनुहुन्छ । संविधानसभा सदस्य पवन शारडाको संयोजकत्वमा चार सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ ।

कोशी प्रदेश सरकारले कोशी पर्यटन वर्ष–२०८२’ को तयारीलाई अघि बढाइरहेको सन्दर्भमा, अवार्ड कार्यक्रमले प्रदेशको पर्यटन, व्यापार र सामाजिक सांस्कृतिक पहिचान प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास लिएको जनाएको छ ।

कार्यक्रमले व्यापारसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने र कोशी पर्यटनलाई राष्ट्रिय स्तरमै चिनाउने लक्ष्य रहेको बताइएको छ । अवार्ड कार्यक्रमको व्यवस्थापन इटहरीस्थित काफल्सले गर्ने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments