चिसापानीः खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा शुरु गरिएको छ । माघ ९ गते श्रीपञ्चमीको अवसर पारेर शुरु भएको तयारी कक्षा डेढ महिना सञ्चालन हुने भएको हो ।
सो कक्षाको गाउँपालिका अध्यक्ष अरुणादेवी राईले उद्घाटन गर्नुभएको हो । आफ्नो पालिकाबाट पछिल्लो समय निजामती सेवामा प्रवेश गर्ने व्यक्ति शून्य हुँदै जाँदा निजामती सेवामा प्रवेश गर्न चाहनेका लागि यो तयारी कक्षा सहायक हुने उहाँको भनाइ थियो । तयारी कक्षामा सहभागीहरुलाई उहाँले सफलताको अग्रिम शुभकामना दिनुभएको थियो ।
ऊर्जा विकास सुन्दरहरैंचाको सहजीकरणमा सञ्चालित तयारी कक्षामा २० जनाभन्दा बढीको सहभागिता रहेको छ ।








