Wednesday, February 4, 2026
Homeशिक्षा र स्वास्थ्यलायन्स क्लब अफ गोठगाउँ रोयल सिटीले गर्याे शिक्षक सम्मान, विद्यार्थीलाई छात्रवृत्ति

लायन्स क्लब अफ गोठगाउँ रोयल सिटीले गर्याे शिक्षक सम्मान, विद्यार्थीलाई छात्रवृत्ति

गोठगाउँः लायन्स क्लब अफ गोठगाउँ रोयल सिटीले हिजो एक कार्यक्रमका बीच पञ्चायत मावि गोठगाउँका तीन जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै दुई जना पूर्व शिक्षकलाई सम्मान गरेको छ ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका पूर्व शिक्षक टोमबहादुर श्रेष्ठ र लक्ष्मी खरेल सम्मानित हुनुभएको हो ।

लायन्सले कक्षा ३ मा अध्ययनरत भुवन नेपाली, कक्षा ४ मा अध्ययनरत सागर फुयाल र कक्षा ६ मा अध्ययनरत सृष्टि चौधरीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

छात्रवृत्ति प्रदान गरिएका विद्यार्थीलाई कक्षा १२ सम्मको पढाइमा लायन्स क्लब अफ गोठगाउँ रोयल सिटीले सहयोग गर्ने अध्यक्ष अनुरोध साहले जानकारी दिनुभयो । उहाँका अनुसार ती विद्यार्थीको स्टेशनरी खर्च, विद्यालय पोशाक, परीक्षा शुल्कलगायतका खर्च गोठगाउँ लायन्सले प्रदान गर्ने गरी विद्यालयसँग सम्झौता हुने भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments