Wednesday, February 4, 2026
Homeअर्थशेयरसाढे १२ अङ्क घट्यो हिजो शेयर बजार

साढे १२ अङ्क घट्यो हिजो शेयर बजार

विराटचोकः साताको तेस्रो कारोबार दिन मङ्गलबार नेपाली शेयरबजार परिसूचक ०.४६ प्रतिशत अर्थात् १२.५८ अङ्कले घटेर २ हजार ६८३.१५ बिन्दुमा अडिएको छ ।

३२२ वटा कम्पनीको १ करोड ८७ लाख ३ हजार १८३ कित्ता शेयर ९२ हजार ३३८ पटक किनबेच हुँदा ८ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ रुपैयाँको शेयर किनबेच भएको छ ।

३ वटा समूहमा हरियाली छाउँदा होटल समूह सर्वाधिक १.७९ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह ०.३७ र सामुहिक लगानी कोष १ प्रतिशतले बढेको छ ।

घटेको बजारमा फाइनान्स समूह सर्वाधिक अर्थात १.०९ प्रतिशतले घट्दा एसवाई प्यानल नेपालको सर्वाधिक ५९ करोड २९ लाख ८ हजार ४११ रुपैयाँको शेयर किनबेच भएको छ ।

बजार घटे पनि कालिञ्चोक दर्शन र एचएलआई लार्ज क्याप फण्डको सेयरमूल्यमा १० प्रतिशतले बढेको छ ।

सान्भी इनर्जीको शेयरमूल्य सर्वाधिक अर्थात् ४.६३ प्रतिशतले घट्यो । यस्तै पियोर इनर्जीको शेयरमूल्य ४.५९ र शिवश्री हाईड्रोको शेयरमूल्य ४.०५ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ५ अर्ब ७ करोड ७२ लाख २७ हजार ९६ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments